सत्य सहने साहस छ भने–विजय कुमार 

बिजयकुमार मलाई मन पर्ने पत्रकारहरु मध्य एक हुन्, उहाँको सशक्त लेख नागरिक पत्रीकामा पढेर धेरै खुशी लग्यो, त्यसै लेख लाई यहाँ साभार गर्दै छु, यस लेख लाई तपाईं यो लिन्कमा गएर पनि पढ्न सक्नु हुन्छ।

‘सत्यको खोजी’ हामीजस्ता अधिकांश पत्रकार र नेपाली समाजका कथित विश्लेषकहरूको मूल विषय प्रायः रहेन। विरोधका नाममा असभ्य गालीगलौज अथवा समन्वय/समझदारी गर्ने गराउने आवरणमा सत्यसँग सानो-ठूलो सम्झौता गरेर आ-आफ्नो दालभात उद्योगको निरन्तरता हाम्रो चारित्रिक विशेषता बनेको छ। कुनै-कुनै अगुवा बुद्धिजीवी वा विश्लेषकलाई यो ‘दालभात उद्योग’ को प्रयोग अन्यायपूर्ण पनि लाग्न सक्दछ, त्यस्ताका निम्ति ‘नाम प्रतिष्ठाको धन्दा अहंकारको’ शब्दावली प्रयोग गर्न सकिन्छ। यति गर्दा पनि एउटा वास्तविकता परिवर्तन हुँदैन। हामी यस्तो समाजमा बस्छौँ जुन समाजमा सत्य र स्वाभिमानको सानो-ठूलो मूल्य तिरेर भए पनि आ-आफ्नो दालभात वा खोक्रो अहंकार सुरक्षित राख्ने परम्परा छ।

(More …)