गोर्खा-बन्दिपुर यात्रा

पढाई हुन्जेल पढ्नै पर्‍यो, कलेज धाउनै पर्‍यो, पढाई सिद्धे पछी जागिरे जिबन, बिदा मिलाउनै गाह्रो, कहिले काही बिदा मिलाई हाले पनि साथीहरु को नमिल्दा काठमाडौं बहिर घुम्न जाने प्रोग्राम बन्नै सकिराखेको थिएन, तर यसपाली अचानक सबै साथी हरु पनि मिली हाले अनी अफिस बाट पनि सट्याक सुटुक बिदा मिलाएर बन्दिपुर घुम्न जाने प्रोग्राम बनी हाल्यो, त्यस्माथी पनि बाइकिङ टुर जाने भन्ने बित्तिकै अर्कै रोमान्च को अनुभुती भैराखेको थियो, अनी आफ्नो त नयाँ बाईक अझै।

म र मेरो बाईक

तर एक त टाईम न बेटाईम घुम्न जाने कुरा, त्यस माथि हाईवे हुँदै बन्दिपुर सम्म यात्रा बाईकमा ! कम्ता गाह्रो भो घर मा कुरा मिलाउन? तै पनि अली अली झुठ बोलेरै भए पनि ठ्याक ठुक कुरा मिलाइयो। १२ जुन २०१० को बिहानै ६ बजे चार जना साथी दुई वटा बाईक मा सवार भएर सुरु भयो बन्दिपुर यात्रा।
साथी हरु को हल्का परिचय पनि दि हालौ है त, मा सँगै बसेका साथी प्रकाश उर्फ भिगी बिल्ली, अर्को बाईक मा योगेन उर्फ ट्र्याक्टर र बालु उर्फ प्रधान न्यायधिस, हाम्रा सबै साथी हरु को उपनाम पनि खत्रै छ नि हैन र? अनी यो यात्रा सँगै अर्को उपनाम पनि जोडीएको थियो है, बाईक चलाऊने हामी ड्राइभर (म र योगेन) अनी हाम्रो पछाडि बस्ने खलासी (प्रकाश र बालु), हामी चै खले भनेर बोलाउथ्र्यौं उनी हरु लाई यो यात्रा भरी, थानकोटमा पुगेर हल्का पेट पूजा गरी सके पछी थोरै नियम पालन गर्ने भनेर सुरु भो हाम्रो यात्रा, नियम थियो,
१. ६० KM भन्दा बेसी स्पीड नहाँक्ने
२. अगाडि पछाडि अर्को साथी को बाईक नदेखेमा एक छिन कुर्ने।

बाँया बाट: बालु उर्फ प्रधान न्यायधिस उर्फ खले, म , योगेन उर्फ ट्रयाकटर (हाइ वे मा थकाई मार्दै)

तर थानकोट बाट ओरालो झरी सके पछी खाली बाटो देखे पछी त नियम कता गयो कता, हाकियो बाईक ७०/८० सम्म। बिचमा पर्ने गल्छी छिरेर एक छिन थकाई पनि मरियो, धादिङ् मा पर्ने वाटर पार्क पनि एक छिन् छिरौ भन्थे साथी हरु तर मैले खासै केही देखिन त्यस्मा त्यसैले त्यता नछीरिकन यात्रा जारी राख्र्यौं, बरु कुरिनटारको River Side Spring Resort मा चै एक छीन छिरेर थकाई मार्‍र्यौं, त्यहाको स्विम्मिङ पूल धेरै नै मनमोहक थियो तर पनि हामी त्यहा पौडि खेलेनौ, यत्रो यात्रा मा आइ सके पछी के जमेको पानीमा स्विम्मिङ खेल्नु, खोला नै छिर्नु पर्छ भन्ने हामी सबै को सोच थियो, तर खोलाको पानी पनि साह्रै धमिलो भएकोले त्यता पनि छिरेनौ हामी,
तर खैरेनी पुग्नु भन्दा २/३ KM अगाडि पर्ने एउटा झरनामा चै मन खोलेर नुहार्यौं, गर्मी पनि साह्रैनै थियो, त्यसमाथी हामीले नचिताएको झरना फेला परे पछी त झन के चाहियो र। झरनामा कट्टु मात्र लगाएर आईटम न. मा डान्स गर्दा कम्ता मजा आएन! त्यस माथि एक जना साथी ले त्यही द्रिश्यको भिडियो खिचे पछी त झन मैले पनि कम्मर हल्लाई हल्लाई खुबै नाचे।

खैरेनी नपुग्दै को झरना

एक छीनको रमाइलो पछी हामीले बन्दिपुर को यात्रा फेरी सुचारु गर्‍र्यौं तर बन्दिपुर पुग्न त्यती हतार त थिएन किन भने हामी एक रात बन्दिपुर मै बिताउने लक्ष्यका साथ गाकोथियौ त्यही भएर खैरेनी पुगे पछी गोर्खा पनि जाने हो कि भन्दै गोर्खा तिर लागियो, गोर्खा जाने बाटो सानो भए पनि भर्खरै गरिएको कालो पत्र र कम सवारी साधन गूड्ने भएकोले बाइकिङ टुरको मज्जा त त्यता पो आयो त, गोर्खा दरबार एकै छीन घुमेर हामी फर्किर्यौं फेरी बन्दिपुर को लागि, दमौली बजार बाट बन्दिपुरको उकालो चढदा घाम अस्ताइ सकेको थियो । शितल शितल हावा खाँदै बन्दिपुर को मोड नै मोड भएको उकालोमा बाईक घुइकाउदा पनि खुबै रमाइलो भयो।

गोर्खा दरबार बाट झर्दै

बन्दिपुर पुगेपछी बन्दिपुर बजार देखेर त हामी छक्कै पर्‍र्यौं, बजार भित्र सवारी साधनलाई आवत जावत गर्न निषेध गरिएको रहेछ, बन्दिपुर बजार पर्यतकिय बजार भएकोले निकै सफा गरी रखिएको रहेछ, होम स्टे को अबधारणा अपानएको हुनाले हरेक घरमा सुत्ने खाने ब्यबस्था मिलाइएको रहेछ, हामीले उपयुक्त होटेल खोजी रहेको बेला एउटा सानी नानीले हामीलाई बजार भन्दा माथि पनि होटेल छ नि उतै जाम् न भनेर भनी, ति प्यारी सानी नानी को पछी लाग्दै बन्दिपुर बजार को पुछार तिर को डाडामा पिपलको बोट सँगै रहेको पिपल चौतारी होटेलमा पुगियो, होटेल पनि राम्रो थियो अनी होटेलकी दिदीको मिठो स्वर र आत्मियता देखे पछी त्यही बस्ने निर्णय हामीले गर्‍र्यौं, ति सानी नानी को नाम रहेछ देबिका।

बन्दिपुर बजारको झलक

भोली पल्ट बिहानै उठेर बन्दिपुर बजार र वर परका  डाडा हेर्न निक्लिर्यौं हामी, गुचुक्क परेको बस्ती, तीन तिर अग्ला पहाड, बन्दिपुर को सुन्दर द्रिश्य जती हेरे पनि हेरौ हेरौ लग्ने खालको रहेछ, बन्दिपुर बजार को पश्चिम तिर रहेको थानि माइ दर्शन को लागि हामी सानो साघुरो र ठाडो भर्र्याङ् चद्दै पुगियो, त्यहाँ बाट बन्दिपुर बजार को द्रिश्य साह्रै मन्मोहक देखिन्थ्यो र थनि माइ को पश्चिम तिर रहेको अर्को डाडा हेर्दा त् झन मन लाई नै आनन्द मिल्यो, बन्दिपुर बजार बाटै पनि थुप्रै हिमाल देखिने भए पनि मौसम उत्ती सारो नखुलेकोले त्यो भने हेर्न पाइएन।

थानी माइ बाट देखिएको बन्दिपुर बजारको को द्रिश्य

बन्दिपुर गई सके पछी सिद्ध गुफा छिरिएन भने त यात्रा अधुरो नै भयो नि, एक रात बन्दिपुर मा बसेर भोली पल्ट झरियो विमलनगर, सिद्ध गुफा भएको ठाउँ, गुफा पुग्न ठाडै उकालो लाग्न पर्ने रैछ, त्यस माथि चर्केको घाम, तल बाट  चढदा आधा घण्टा लाग्छ भने पनि हामीलाई ४५ मिनट भन्दा नि बेसी लाग्यो, भिगी बिल्ली, म त गाउ मा जन्मेको मान्छे भन्दै अगाडि लाग्यो हामी चै पछि पछि पसिनाले नुहाउदै, १० मिनट चढदै ५ मिनट बस्दै। गुफा पुग्दा क्यामराको ब्याट्रीले बाइ बाइ भन्ने बेला भई सक्याथ्यो त्यसैले धेरै फोटो खिच्न पाईएन। नेपालकै सबै भन्दा ठुलो गुफा भनेर हेर्न गाको हामी, गुफा भित्र घुमाउने गाईडले एसियाकै ठुलो भने पछी छक्कै परेम। हुन पनि सानो तिनी हैन निकै ठुलो पो रैछ त, ठ्याकै ४५ मिनट पो लाग्यो त भित्र घुम्नलाई। तै पनि अझै कती ठाउँ त लग्न मिल्दैन भनेर घुमाएन त्यो गाईड ले,सिद्ध गुफाको अन्त्य कहाँ भएको रैछ भनेर अहिले सम्म पत्ता लागेको रैनछ।

गुफा पुग्नै लाग्दा को फोटो , पछाडि देखिएको माथि जाने भर्र्याङ् बाट बन्दिपुर पनि पुगिने रैछ

गुफा भित्र भर्र्याङ् झर्दै ट्रयाक्टर

काठमाडौं बाट जम्मा १३५ KM मात्र टाढा भएको र मनोरम द्रिश्य त तथा अत्मियता ले भरिएको होटेल हरु ले गर्दा बन्दिपुर एक पल्ट पुग्नै पर्ने ठाउँ हो भन्ने हामीलाई लाग्यो ।